सेम्जोङ गाउँ

                 नेपाल सगरमाथाको नामले संसार माझ चिनिएको छ तर विकाशको गतिमा भने सगरमाथा जस्तो उच्च भई उल्लेख्य प्रगति हांसिल गर्न भने सकेको छैन । प्राकृतिक श्रोत तथा साधन प्रसस्त मात्रामा भएर पनि..................
यसको सहि मात्रामा सदुपयोग हुन नसकेकाले आजको २१ औं शताब्दीको संघार सम्म आईसक्दा पनि विकासोन्मुख राष्ट्रकै रुपमा रहिरहेको पाईन्छ । अझ बढि अशिक्षा तथा अन्धविश्वासको कारणले गर्दा उचित सफलता हात नलागेको पाईन्छ । क्षेत्रफलको हिसाबमा नेपाललाई चिनाउँदा यसको लम्बाई ८८५१ कि।मी। पूर्वमा फैलिई १४७१८१ वर्ग कि। मि। को क्षेत्रफलमा फैलिएको छ भने विश्वमा यसको अवस्थितिलाई नियाल्दा देशान्तर ८००४डिग्री देखि ८८०१२डिग्री पूर्व र अक्षांस २६०२२डिग्री देखि ३००.२७डिग्री उत्तरमा रहेको पाइन्छ ।नेपालको प्रशासनिक विभाजनलाई केलाउँदा ५ विकास क्षेत्र १४ अञ्चल र ७५ जिल्लामा बाँडिएकॊ छ । भौगालिक अवस्थामा समथर भुमि प्राचिन कालदेखि नै महत्वपुर्णा स्थल र देशकै केन्द्र बिन्दु भएकाले नेपालको राजधानी काठमाण्डौ अंकित गरिएको छ ।
हालसम्म अधिराज्य भरी जम्मा १ महानगरपालिका ३ उपमहानगरपालिका ५५ वटा नगरपालिका र ३९१५ गा.वि.स. बिभाजित छन् । यसका साथै नेपालमा ८१.३% मानिसहरु कृषि ब्यवसायमा समाहित भएका छन् । भनिन्छ हरियो वन नेपालको धनू तर आज नेपालको वन क्षेत्र दिनानुदिन घट्दै २९% सिमित छ र त्यो पनि क्रमैसंग मासिने तथा घट्ने प्रकि्रयामा छ । नेपाल बिश्वको दोस्रो जलस्रोतको धनि देश भनेर संसारमाझ चिनिए पनि यहाँका मानिसहरुले पर्याप्त मात्रामा श्रोत तथा साधनको उपयोग गर्न पाईरहेको छैनन् । नेपालका मानिसहरुले शहरी क्षेत्रमा ९३% र ग्रामिण क्षेत्रमा ८२ % ले पिउने पानीको उपयोग गरेका छन् । तीनवटा क्षेत्र हिमाल पहाड र तराईमा विभाजित नेपालको भौगालिक भु-भाग हिमाल र पहाडमा ७७ प्रतिशत र उपयुक्त खेतीयोग्य भुमि र बढ्दो जनसंख्याको चाप भएको तराइमा २३ प्रतिशत रहेको पाइन्छ । तिनिहरुमध्ये धादिङ जिल्ला पनि एक हो । उत्तरमा हिमाल तथा दक्षिणमा सामुदि्रक सतहदेखि ३०० मिटर उचाईसम्म फैलिएको यस जिल्लालाई पृथ्वी राजमार्गले चिनाएको छ भने गणेश हिमालले यस जिल्लाको पहिचान थपॆकॊ छ । विभिन्न जात जाति धर्म संस्कृति मुल्य मान्यता आस्था तथा विश्वासहरुलाई संहालेर धादिङ जिल्लाले एक भिन्दै पहिचान बोकेको छ । ५० वटा गाविसमा विभक्त यस जिल्लाले समग्र नेपालको राजधानी काठमाण्डौसँग छिमेकीको नाता गाँस्न पुगेको छ । ती ५० वटा गाविसहरुमध्ये सेमजोङ गा.वि.स. पनि एक हो । धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यस गाविस मा प्रसस्त मात्रामा तामाङहरु बसोवास गर्दछन् । यस गाविसमा २०५८ सालको जनगणना अनुसार जम्मा जनसंख्या  4,568 छन । विकासको लागि सुस्त गतिमा अगाडी वढीरहेको यस गाविसमा प्राय चीसो हावापानी पाईन्छ । जिल्लाको क्षेत्र नं.-१ मा पर्ने यस गाविसमा तामाङ जातिको बाहुल्यता रहको छ । भौगोलिक सुन्दरता र स्वच्छ हावा पानीको खानी रहेको यस गाविस धादिङ सदरमुकाम देखी ५ कोषको दुरीमा पर्दछ । आवात जावतको लागी कच्चि सडक निर्माण भएको छ । पूर्वतिर नुवाकोट जिल्लाको सामरी गाविस पश्चिममा मार्पाक गाविस उत्तरमा नुवाकोट जिल्लाको किम्ताङ गाविस दाक्षिणमा कटुन्जे गाविस पर्दछ ।

1 comment:

  1. सर्वप्रथम त यो सेम्जोङ ब्लग स्पोट बनाउनु हुने सम्पुर्ण मेरा मित्रहरुलाई भित्री आत्मा देखि यो आभगी दुर्गा वाइबाको तर्फबाट स-धन्यवाद टक्र्यौउन चाहन्छु । यस ब्लगमा सेम्जोङ गा॰वी॰साको विभिन्न गतिविधीहरुलाई समेटेर बनाएको हुनाले मलाई यो ब्लग एकदमै मन पर्‍यो र धेरै खुशि पनि लाग्यो किन की आज यो उजाड मरुभुमीमा भएर पनि आफ्नो जन्मथालोको बिभिन्न विवरन र जानकारीहरु बुझ्न पऊदा यसरी नै अरु पनि नयाँ नयाँ वस्तुगत गतिबिधीहरु, परम्पगत गतिविधीहरु, सस्क्रितिक गतिविधीहरु यस ब्लगमा ल्यऊनु हुनेछ भन्ने आशा राखेको छु।



    दुर्गा वाइब
    सेम्जोङ, २ गैरा, धदिङ

    ReplyDelete