नेपाल बहुजातिय बहुभाषिक र बहुसांस्कृतिक विविधता भएको देश हो । यहाँ विभिन्न अलग पहिचान भाषा धर्म संस्कृति तथा सामाजिक परम्परा बोकेका समाज जात जातिहरु रहेका छन् । धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सेमजोङ गा।वि।स।मा विशेष गरी तामाङ जातिको बाहुल्यता रहेको युगौदेखिको बाक्लो बस्ती रहेको छ ।
नेपालको पश्चिमी तामाङ भनेर चिनिने धादिङका तामाङहरु अन्य क्षेत्रका तामाङ समुदाय भन्दा अलिकति पृथक आफ्नै इतिहास भाषा धर्म संस्कृति भेषभूषा तथा रितिरिवाजले सु-सम्पन्न छन् । धादिङ जिल्लाको सेमजोङ गा।वि।स। तामाङहरुको ऐतिहासिक थलोको रुपमा रहेको सर्वविदितै छ । सेमजोङमा रहेको वाइवा राजाको डापजोङ दरबारको इतिहास किताब र इतिहासको पानामा भेटिदैन तर यस वाइवा राजा र डापजोङ दरबारले बेग्लै किसिमको इतिहास बोकेको छ । यस डापजोङ दरबारको निर्माण वि।सं। ४००-५०० तिर राजा तागुर र रानी सिलिङ्मोले गर्नुभएको प्रमाण यस क्षेत्रमा रहेको शिलालेखबाट थाहा हुन्छ । तात्कालिन वाइवा राज्यमा सबै तामाङहरु मात्र भएको र उनीहरु कृषी नगरी वन्यजन्तुको शिकार गर्ने तथा जंगलमा गिठ्ठा भ्याकुर खोज्ने र आफ्नो राजालाई शिकार गर्न वन्यजन्तुहरु जंगलबाट छेकेर दरबारको वरिपरी ल्याइदिने गर्थे । राजाले जनावरलाई आफ्नो धनुवाणले मारेपछि सबै राजा र प्रजा मिलेर रमाइलो गर्ने गथर््ो । राजा धनुवाणमा निकै निपुण थिए ।
राजारानीका चार भाइ छोराहरु थिए । नेपाल एकिकरणको क्रममा राजा पृथ्वी नारायण शाहले आक्रमण गर्ने क्रममा तीन भाइ छोराहरु आक्रमणमा मारिए र एक भाइ भागेर पश्चिमतिर लागे । पृथ्वी नारायण शाहको आक्रमण पश्चात वाइवा राजाको वंशजहरु दरबार छोडी हालको सेमजोङको गैरामा बस्दै आएका थिए । राजारानीको नाति राजकुमार छेवाङका आठभाइ छोराहरु र एक छोरीको जन्म भएको थियो । राजारानी हजुरबा÷हजुरआमाको निधन भएपछि राजकुमार छेवाङले आफ्नो बाजेको पुराना दरबारबाट केहि पूर्वमा बाजे-बज्यैको सम्झनामा दुइवटा मानेहरु बनाउनु भएको रहेछ । सो माने अहिले पनि देख्न सकिन्छ र छेवाङले पनि आफ्नो निधनपछि माने बनाउनु पर्छ भनी छोराछोरीहरुलाई भनेको हँुदा छोराछोरीहरुले आफ्नो बुबाको सम्झनामा माने बनाउनु भयो । सो माने बनाउनको लागि प्रत्येक छोराछोरीको तर्फबाट एक-एक मुरी धान भुटेको फूल मकैको फूल लट्टेको फूल गरी जम्मा नौ-नौ मुरी र दुध दहि नौनी घ्यू गरी नौ-नौ पाथी जम्मा पारी होमा नामको ूहोमा मानेू बनाउनु भयो । सो होमा माने अहिले पनि छ । प्रत्येक बाह्र वर्षमा त्यहाँ भव्य मेला लाग्ने गर्दछ । सो माने बनाउनको लागि ह्यापेङ खोलाको ढुङ्गा ल्याएर बनाएको भन्ने बुढापाकाहरुको भनाई रहेको छ । अहिले पनि सो मानेको ढुङ्गा टुट्फुट भएमा वा मानेमा भएको पाँच बुद्धको मुर्तिहरु टुट्फुट भएमा वाइवाहरुको ज्वाइ-चेलाको उपस्थितिमा ह्यापेङ खोलाको ढुङ्गा ल्याएर मर्मत गर्ने गरिन्छ । यिनै वाइवा राजासंग जोडिएको अर्को पाटो हो प्रत्येक अश्विन शुक्लपक्ष दशामीका दिन किर्पा क्लाङबा धनुषकाँडा तारो हानेर खेल्ने शिकार खेलेको प्रतिबिम्वित गरी अग्रज पूर्खाहरुलाई स्मरण गर्ने प्रचलन अहिले पनि छ ।
किर्पाक्लाङ्बा कार्यक्रमको परिचय
पूर्खौदेखि चलिआएको ूकिर्पा क्लाङ्बाूकार्यक्रमले तामाङहरुको जिउँदो इतिहास बोकेको छ । ऐतिहासिक सांस्कृतिक्र र परम्परालाई प्रतिविम्विद गर्ने यो खेलमा एक व्यक्तिलाई कुकुरको भूमिका दिइन्छ भने गाउँको मूखियाले राजाको भूमिका निभाउँदछ । गाउँका यूवाहरुले जनताको भूमिकामा मृग हरिण जस्ता वन्यजन्तुको सट्टा फसर्ी ल्याई राख्ने गरिन्छ र शिकारीहरु कुकुरलाई लिएर राजाको घरबाट शिकार खेल्न निस्कन्छन् । यसमा सत्यकुरा के भने तात्कालिन वाइवा राजाको पालामा राजाले प्रयोग गर्ने गरेका बज्रवाणलाई पनि शिकार खेल्ने ठाउँसम्म लाने गरिन्छ । सो वाणबाट मारिएको शिकारको मासुको रुपमा प्रत्येक घरघरमा फसर्ीको टुक्रा पठाउने गरिन्छ । त्यसपछाडी गाउँका सबै जम्मा भएर हालको गाउँको मुखियाको घरको आँगनमा रमाइलो गर्ने गरिन्छ । साथै तिर हानेर कसले निसाना लगाउने भनेर प्रतिस्र्पधा हुन्छ र पृथ्वीको उत्पतिदेखि हालसम्मको सम्मको कथा बोमसाङ गाथामा सुनाउदै माने नाच्ने चलन छ ।
ूकिर्पा क्लाङ्बाू देखिदा साधरण खेलजस्तो देखिएता पनि यसले जिउँदो इतिहास बोकेको छ । यसको संरक्षण संवर्धन र निरन्तरताको लागि हामी सबैले पहल गर्न जरुरी छ ।
No comments:
Post a Comment