पर्यटकीय सम्भावना बोकेको सेमजोङ गाउँ

  १४७१८१ वर्ग कि. मि. फैलिएको नेपाल अधिराज्यलाई ७५ वटा जिल्लामा बिभाजन गरिएको छ । तिनिहरुमध्ये धादिङ जिल्ला पनि एक हो..............
। उत्तरमा हिमाल तथा दक्षिणमा  सामुदि्रक सतहदेखि ३०० मिटर उचाईसम्म फैलिएको यस जिल्लालाई पृथ्वी राजमार्गले चिनाएको छ भने गणेश हिमालले यस जिल्लाको पहिचान  थपॆकॊॆ छ । विभिन्न जात जाति धर्म संस्कृति मुल्य मान्यता आस्था तथा विश्वासहरुलाई संहालेर धादिङ जिल्लाले एक भिन्दै पहिचान बोकेको छ..
।  ५० वटा गाविसमा विभक्त यस जिल्लाले समग्र नेपालको राजधानी काठमाण्डौसँग छिमेकीको नाता गाँस्न पुगेको छ । ती ५० वटा गाविसहरुमध्ये सेमजोङ गा।वि।स। पनि एक हो ।
       कुनै समय मैले धादिङ जिल्लाका ५० वटै गा।वि।स। घुम्ने अवसर पाएको थिए । उत्तरमा गणेश हिमाल अनि दक्षिणमा तराई सम्म छोएको गा।वि।स। हरु हाम्रो जिल्लामा रहेता पनि सेमजोङ गा।वि।स।ले छुट्टै किसिमको विशेषता बोकेको छ । भैगोलिक हिसाबले सुन्दर धरातल स्वच्छ हावा पानी एउटै खेमामा मिलेका गाउँवस्ति वस्तिदेखि तल उब्जाउ भूमि अनि माथि तिर हरिया जँगल यहाँ पाईन्छ । अझ आफ्नै इतिहास एतिहासिक स्थल पुरातात्विक वस्तुहरु रितिरविाज भाषा धर्म संस्कृति भेषभुषाले सुनमा सुगन्ध थपेको छ । धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यस सेमजोङ गा।वि।स। मा बहुसंख्यक तामाङहरु बसोवास गर्दछन् । त्यस्तै अन्य जातिहरुमा गुरुङ मगर ब्राम्हण र दलितको पनि वसोवास रहेको छ ।  यस गाविसमा २०५८ सालको जनगणना अनुसार जम्मा जनसंख्या ४५६८ रहेको पाईन्छ । जसमध्ये पुरुष १८८३ महिला २१८५ बालबालिका ५०० रहेको छ ।  समुन्द्रि सतहदेखी १८०८ मि।उचाईमा रहेको छ । विकासको दि्रष्टिले विस्तारै बामेसारी रहेको यस गाविसमा प्राय चीसो हावापानी पाईन्छ । सेमजोङ गा।वि।स।धादिङको सदरमुकाम धादिङबेशी देखि १७ कोषको दुरीमा रहेको छ । विशेष गरी यहाँ अवलोकन गर्नलायक वस्तुहरुमा तांचा गाङ बाट देखिने सूयोदय तामाङहरुको इतिहास रचेको डापजोङ दरबारको भग्नावशेस पुराना मानेहरु वाका राहा सुत्केरीले उठाएको ढुंगा शान्त र रमणिय डुप्खाङ योगाश्रम बाक्लो तामाङ वस्ति आदि रहेका छन् । साथै उत्तरी भेकमा देखिने शुन्दर हिमश्रंखला यहाँ बाट अवलोकन गर्न सकिन्छ । तामाङ भषभूषा रीतीरीवाज संस्कृति आदिको समेत झल्को मेट्न पाईन्छ ।


No comments:

Post a Comment