लाखौँलाख व्यक्तिलाई खेती गरेर नुवाकोट जिल्लाको सामरी गा।वि।स।धादिङ जिल्लाको ५०% गा.वि.स.लाई सिँचाई पुग्ने थोपाल खोलाको शिर सेमजोङ-१ व्ााका ह्ये वाका राहा र सेमजोङ-३ वर्माचेत कुवाको अहिलेसम्म नेपाल सरकार..............
या कुनै संघसंस्था कसैको निगाह परेको छैन । धादिङ जिल्लाको मुटुको रगतजस्तो थोपाल खोलाको मुहान वर्माचेत कुवाको र ऐतिहासिक वाका राहको ज्यामपल दोर्जे रिन्पोर्छेको वाका चित्त काया तीन राहमध्ये अहिले दुईवटा चाहिँ हिँउदमा सुक्छ र वर्षामा मात्र पानी बस्छ तर यो स्थल धेरै रमणिय रहेको पाइन्छ । सिङल्ह मेमे सिङग्यल दोर्जे र मम मोज्यो बस्नुभएको स्थललाई सिङल्ह भनिन्छ
। पूर्वकालदेखिनै स्थानीय वासिन्दाहरुले धार्मिक स्थलको रुपमा श्रद्धा आस्था र भावनाको साथ मान्दै आएको सिङल्हको बारेमा वर्षाैपहिले ज्यामपल दोर्जे रिनपोर्छेको डावा मेमे सिङग्याल दोर्जे र मम मोज्योलाई सेरगी बुम्बा सुनको कलश दिएर डाँडामा बस्न पठाउनुभएदेखि उक्त स्थलको नाम सिङल्हजो रहन गएको देखिन्छ र त्यस समयदेखिनै प्रत्येक वर्ष मंसिर पूर्णिमा र माघको ल्होसारमा जात्रा लाग्दछ । लामा तथा झाक्रीहरुको महत्वपूर्ण स्थल रहेको उक्त जात्रामा नयाँ झाँक्रीहरुलाई वाङ्ग्युर अभिषेक दिइन्छ जसबाट झाँक्रीहरु एकदमै निपूर्ण सबल एवं सक्षम हुन्छन् भन्ने विश्वास गरिन्छ । यस सिङल्ह वाका राहमा नुवाकोट जिल्लाको विभिन्न गाँउहरुबाट पनि झाँक्रीहरु ढ्याङग्रो बजाँउदै मीठो लयमा गीत गाई नाचगान गर्ने गर्दछन् । विशेष गरी युवायुवतीहरुको अतिनै घुइँचो लाग्ने जात्रामा चेलीहरुले अनेक प्रकारका खाजा एवं भोजन तयार गरी लिएर जान्छन् त्यसपछि नयाँ झाँक्री एवं जात्रामा सम्मिलित सबै दाजुभाईहरुलाई खाजा बाँड्छन् र दाजुभाईले पनि चेलीबेटीहरुलाई आफ्नो गच्छेअनुसारको दानदक्षिणा गर्दछन् । वाका राह ज्यादैनै सुन्दर एवं मनमोहक दृश्यले पूर्ण लेकाली स्थान रहेको यस स्थानबाट गणेश हिमाल लाङटाङ पालदोरचो साङकेन तोर्मो एवं काचनजङघा हिमाल पनि देखिन्छ । वाकामा प्रत्येक वर्ष विदेशी पर्यटकहरु ओहोरदोहोर गर्दछन् । गैरा गाँउबाट घण्टाको पैदल यात्रामा रहेको वाका ह्ये वाका राह धार्मिक दृष्टिकोणले महत्वपूर्ण स्थल मानिन्छ । वर्षको ल्होसार र मंसिर पूर्णिमामा हुने जात्राको बेला बोन्बो अर्थात झाँक्री लामाहरु रातभरि पूजापाठ गर्दछन् र झाँक्रीहरु ढ्याङग्रो बजाँउदै नाचगान गर्ने गर्दछन् भने अर्काेतिर युवायुवतीदेखि बुढापाकाहरु समेत बुद्ध भगवानप्रति अटल आस्था राख्दै माणी र दोरा नाच्ने गर्दछन् । यो वाका राह अचम्म स्थलमा रहेको छ यस राहमाथि घनाजङगल अनि डरलाग्दो बुट्टेदार चट्टानहरु रहेको भिरपहराहरु छन् भने बीचमा समतल भाग रहेको वाका राहको पानीले तीर्थयात्रीहरुको हातखुट्टा धुँदा मुख धोएर त्यहि पानी खाएपछि गानोगोला बाथरोग टाउको दुख्ने खुट्टा झमझमाउने रिँगटा लाग्नेजस्ता डरलाग्दा रोगहरु पनि ठीक हुन्छ भन्ने कुरामा स्थानीय बासिन्दा गाँउले तथा तीर्थयात्रीहरु विश्वास गर्दछन् । यो वाका राहको पनि भनेको पूरा जडिबुटी धोएर जम्मा भएको पानी हो । जडिबुटीहरु जस्तै ः- पखनबेद चिराइतो ब्रास्यल चुत्रो केरबा पलङ ऐँस्येलु चेन्डी तितेपातीमेरबा पामेन बज्रदन्ती गङडुल कुरिलो नम्बुवाला काल प्रुमा टिम्बुर नमुन काफल आदि यस्तै प्रकारले अनगिन्ती जडिबुटीहरु धोएर जम्मा भएको हुनाले पनि रोगहरु निको हुन्छ र भएको विश्वास गरिन्छ । वाका राहको उत्तर सिङल्हजो पूर्वमा सुत्केरी महिलाले उठाएको ढुङ्गा दक्षिणमा नेपाल अिहंसावादी बौद्ध धर्म विश्व शान्ति चक्र संघ ज्यामपल दोर्जे डुबखाङ अिहंसा अध्ययन केन्द्र र हाल अष्टबौद्ध चैत्य निर्माणकार्य भइरहेको छ पश्चिममा जोङदली युङबा यो चार किल्लाभित्रको रमणिय स्थललाई हजुरपनि एकपटक भएपनि अवलोकन गरेर आफ्नो मनलाई शान्ति गर्नुहोला ।

No comments:
Post a Comment