ब्रिहत सास्क्रीतिक कार्यक्रमको साथै तामाङ जागरण अभीयान २०६८ धादिङ्को सेम्जोङ गाउमा सम्पन्न



 
                प्रक्रीतिक सुन्दरताले भरिपूर्ण, मनोरम तामाङ ग्रामीण वास्ती,धादिङ्को सेम्जोङ गाउमा ब्रिहत सास्क्रीतिक कार्यक्रमको साथै तामाङ जागरण अभीयान २०६८ सम्पन्न
भएको छ । यही आसन्न २०६८ सालको जनगणनामा नामको पछाडि तामाङ लेखौ भन्ने शन्देश दिनको लागि नेपाल तामाङ कलाकार संघको आयोजना र नेपाल तामाङ संघ, धादिङको सह-आयोजनामा सम्पन्न भएको कार्यक्रममा नेपाल तामाङ संघका केन्द्रिय उपधछ्य तथा नेपाली कङ्ग्रेश धादिङका युबा नेता दिलमान पाख्रिन को प्रमुख आथीत्यता रहेको थियो । "राष्टमा आफ्नो पूर्ण हक र अधिकार शुनिस्चित गर्न
राष्ट्रीय जनगनण २०६८ मा सही तथ्याङ्क लेखाअौ"
 भन्ने मुल नाराको साथ भएको तमाङ जागरण ब्रिहत सास्क्रीतिक अभीयान - २०६८ लाई नेपाल तामाङ कलाकार संघको चर्चित कलाकारहरु साथै गायक सागर यस वाइबा तामाङ, हेम वाइबा तामाङ, रोशन फ्युबा तामाङको  बेजोड सङ्गीतिक प्रस्तुतीको साथमा स्थानिय लामा, झाक्री समुहको बिशेष प्रस्तुती रहेको थियो । सेम्जोङ गाउको चौतारा मा वि को प्राङण्गमा भएको उक्क्त कार्यक्रममा उलेक्ख्य जनसमुदायको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment