संसारमा जात नभएको देश र भेष नभएको जात कमै मात्र पाइला।
तर हाम्रो नेपालको आदिबासी जनजातीहरु मध्ये तामाङ जातिको सस्कृतिमा आफ्नो भेषभुषा तथा कला, भाषालाई सरकारी निकायको कुनै पनि पक्षबाट प्रोत्सहन नदिएको हुँदा आज हाम्रो सस्कृतिको परिचय दिने आफ्नोपनहरु दिनहु लोप हुँदै गैरहेको छन। तसर्थ.............

तामाङ जातिको भेषभुषाको छोटकरीमा भए पनि परिचय दिने जमर्कोमा: अनुसन्धानकर्ताहरुको लागी यस सानो लेखबाट केही मात्रमा भए पनि सहयोग मिल्ने अपेक्ष राखेको छु। तामाङ जातिहरु आफुले लगाउने कपडा आँफै बुन्ने गर्दछन। स्वास्नी मानिसहरुले लगाउने कपडामा टाउको ढाक्ने रुमाल जस्तो जस्लाई "क्राकु" भन्दाछन। घरमा नै रङिचङी धागोहरुले हाते तानमा बुन्छन्। यो हाते तानलाई तामाङ भाषामा "थारा" भनिन्छ। अर्को स्वास्नी मानिसले लगाइने कपडामा ग्या, घलेक, स्यामा, फुक्यी हुन्छ। शरीरमा लगाउनेमा पहिले ग्या लगाइन्छ र त्यस माथि घलेक लगाइन्छ र तलतिर स्यामा लगाउछन र फुक्यी (पटुका) बाध्छन। यी सबै कपडाहरु त्यही हाते तानबाट आँफै बुनी आँफै सिलाएर लगाउने गर्दछन्। तर स्यामा बुन्ने तान भने अर्कै हुन्छ जसलाई "स्यामाथारा" भनिन्छ, स्यामा अरु कपडा भन्दा बाग्लो हुन्छ र यो रातो सेतो कालो निलो र हरियो रङको धागो मिलाई बुन्ने गरिन्छ। चोलीमा भने तुन्ना भएको चोली नै लगाइन्छ। फुग्यी (पटुका) पनि त्यसतै गरी घरमा हाते तानबाट नै बुन्छन। र सेतोमा कालो रातो र निलो धागोहरु मिसाइ बुन्छन, फुग्यी भने लोग्ने मान्छे स्वास्नी मान्छे सबैले अनीवार्य रुपमा बाधेको हुन्छन। किनकी प्राय:जसो तामाङहरु गाउघरमा बसोबास गरे पछी जिबिकोपर्जनको लागी खेती किसान र भारी बोक्नु पर्ने हुँदा कम्मर नदुखोस् भन्नाको लागी अनीवार्य रुपमा लगाउछन। तर तरुनी तन्नेरी युवायुवतीहरुले भने एउटा थाराबाट नै बुनेको रङिचङी फुग्यी जस्तै रुमाल बाध्ने चलन छ। गर-गहनामा तामाङ जातिका महिलाहरु सकभर सुन र चादीका गहनाहरु लगाउछन। यिनीहरु कानको तल्लो भागमा चेप्टे सुन (नली) लगाउछन र कानको बीज भागमा सुनको ढुङ्री लगाउने गर्दछन भने नाकमा सुनको वा चादीको बुट्टेदार फुली लगाउछन र बुलाकी पनि लगाउछन। घाटीमा चाँही भारतीय पैसाको माला (पुरनो ब्रिटिशकालिन चादीको सिक्क) लगाउछन, जसलाई "टङामाला" भन्दाछन साथै माटाको रातो गेडी माला मुगाहरु र पोतेको झुप्पा पनि लगाउछन। तामाङ समाजमा पोते विवाहहितले मात्र लगाउनु पर्छ भन्ने छैन। अनी हातमा धातुका बुट्टेदार चुराको साथमा चादीको बला लागाउने गर्दछन। यस् प्रकार तामाङ महिलाहरुमा आफ्नै जातिको सस्कृति र कलालाई दर्शाउने खालको भेषभुषाहरु छ र पहिरन प्रयोगमा ल्याउछन। तामाङ जातिका लोग्ने मानिसहरु बढी मात्रमा खदी र फुक्यी लगाउने गर्दछन। खदी सेतो रङ्को भुइमा कालो रातो रङको धागोको बुन्ने गरिन्छ। यो पहिरिने तरिका दुई छेउका टुप्पहरु दुबै काधमा गाठो गरी तल घुडा भन्दा अली माथि सम्म आउने गरी मिलाएर लगाउने गरिन्छ। यो कपडा लगाएपछी भित्र पट्टी मात्र कट्टु अथवा लगाउटी भए पुग्छ। तर यो लगाए पछी फुग्यी (पटुका) चाँही अबस्य बाध्नु पर्ने हुन्छ। माथि खदीको भित्र पट्टी भोटो तुन्नवला अथवा कमिजमा लगाउछन। टाउकोमा युवाहरुले कालो टोपी र बुढा पाकाहरुले फेटा गुथ्ने गर्छन्। बुढापाकाहरु कोही कोही काछड पनि लगाउने गर्छन्। यिनीहरु खुट्टामा भने प्राय केही लगाउदैनन खाली खुट्टा हिंड्ने गर्छन्। हुनसक्छ नेपालका बिभिन्न ठाउँहरुमा बसोबास गर्ने तामाङहरुको आ-आफ्नै भेषभुषा होला तर वास्तबिक तामाङ्को भेषभुषा यही नै हो। यो भेषभुषा प्रयोगमा ल्याउने मुख्य थलो धादिङ र नुवाकोट जिल्लाका उत्तरी क्षेत्रतिरका बासिन्दहरु हुन। सस्कृतिमा धनी मानिने हामी तामाङजातिहरु धर्म,कला, भाषा, साहित्य,भेषभुषा जस्ता सबै क्षेत्रमा कतीसम्म शोषित छौ ?त्यो त सर्बबिदितै छ। नेपालको पूर्वअञ्चलतिरका तामाङहरुमा प्राय दाउरा सुरवाल र चोली फारिया नै लगाउने गरेको पाईन्छ। मध्ये उत्तरतिरका ह्योल्मो, रसुवा जिल्लाको तामाङहरु बक्खु र सुर्की,तोकाइ तथा पाङ्दे लगाउने गरेको पाईन्छ। सुदुर पश्चिमाञ्चल तिरकाहरु र हिमाली क्षेत्रकाहरुले घरमा नै तयार गरिएको अति बाग्लो कपडा र बक्खुहरु लगाउने गरेको पाईन्छ। हाल आएर बिभिन्न जातीहरुले आफ्नो परम्परा देखी लगाउदै आएको भेषभुषालाई छडदै आएको समेत देखा परेको छ। किनकि आजसम्म तामाङ जातिको भेषभुषामा न त जिम्मेवारी (सरकारी) पक्षले नै कुनै ठोस कार्यक्रम गरेको छ? न त जातित्वको उत्थान गर्ने कुनै सामाजिक सघ सस्थाले कदम चालेको छ। यस्तो स्थितीमा परपुर्बकाल देखी चली आएको भाषा,भेषभुषा जस्ता सिङ्गै जाती र राष्ट्रको परिचय दिने महत्वपूर्ण कुरालाई सर-सम्रक्षान गरी बचाइराख्नु सरकारी पक्षको पनि ठुलो कर्तव्य हो।
- लेक योन्जन तामाङ (2049 सालमा प्रकाशित लेख)
- लेक योन्जन तामाङ (2049 सालमा प्रकाशित लेख)
सेम्जोङ -३ चौतारा, धादिङ
(डम्फुलासेर बर्ष १/अंक १/२०४९ मा प्रकाशित)
ती मेरा पुरानो दिन: २०४७ /४८ सालतिर नेपाल तामाङ घेदुङमा तामाङहरुको मौलिक पोशाकको बारेमा अन्तर्क्रिय छलफल हुँदा मैले पेश गर्दाको रचना जुन लेख २०४९ सालमा डम्फु समुह नेपालबाट प्रकाशित "डम्फुला स्येर" भन्ने पत्रीकामा प्रकाशशित भएको थियो।केही तामाङ साथीहरु यो पोशाकलाई तामाङको पोशाक होइन भन्नु हुन्थ्यो।आज यिनै पोशाक तामाङहरुको राष्ट्रिय पोशक बनेकोमा खुशी लाग्छ। २०४२ सालामा राजा बिरेन्द्र धादिङ सवारी हुँदा हामीले पहिलो पटक मेन्दो-माया नाच तामाङ पोशाक लगाएर देखाएको थियो। उक्त नाच भर्खर स्थापना भएको नेपाल टि.भि.ले प्रथम पटक प्रसारणगरेको थियो।
थुजेछे!!!

No comments:
Post a Comment