घरेलु तथा साना उद्योग धादिङ द्धारा प्रमाण पत्र प्रदान वितरण कार्यक्रम सम्पन्न




ब्रादि युवा समाज सेमजोङ - ८ धादिङको पहलमा संचालन गरिएको पोते माला तालिम प्रशिक्षणमा सहभागी महानुभावहरुलाई घरेलु तथा साना उद्योग धादिङ द्धारा प्रमाण पत्र प्रदान वितरण कार्यक्रम सम्पन्न भएको छ । ब्रादि युवा समाजका अध्यक्ष विकास तामाङको सभापतित्वमा
सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कंग्रेस धादिङ क्षेत्र नं। १ का सभापती राजु पाखि्रनको प्रमुख आथित्यता रहेको थियो । त्यस्तै विभिन्न राजनैतीक दलका प्रतिनिधिहरु तालिमका सहभागिहरुको उपस्थित रहेको थियो । गा।वि।स। को आर्थिक सहयोगमा संचालन भएको उक्त तालिम प्रशिक्षक पदम बहादुर तामाङ र सहायक प्रशिक्षक डोल बहादुर तामाङले प्रशिक्षण दिनुभएको थियो । उक्त तालिममा ५७ जनाले पोतेमाला सम्बन्धि तालिम लिएका थिए । प्रमाण पत्र वितरण कार्यक्रममा प्रशिक्षक पदम ब। तामाङले पोतेमालाको महत्व माथि प्रकाश पार्नु भएको थियो ।

No comments:

Post a Comment