ईलाम भन्दा अझै सुन्दर र मनमोहक सुन्दर पहाडी बस्ती सेम्जोङ

               धादिङ जिल्लाको सदरमुकाम देखि उत्तरपूर्वमा पर्ने सेम्जोङ सुन्दर पहाडी बस्ती हो । जुन पूर्वको ईलाम भन्दा अझै सुन्दर र मनमोहक छ । यात्राका क्रममा सदरमुकामदेखि करिब ५ घण्टा पैदल र हिउँदमा कच्ची सडकवाट २ घण्टाको सफरवाट सेम्जोङ पुगिन्छ । प्रकृतिक सौन्दर्य मात्र होइन बौद्ध गुम्बाहरुको ध्यानकेन्द्र तथा परापूर्व कालका तामाङ वाइवाराजाहरुको दरवारको अवशेष पनि यँहाको अर्को आकर्षण हो । त्यसैले सेम्जोङ एतिहासिक भौलिक तथा धार्मिक पर्यटनको दृस्टिबाट पनि यसको गौरव गरिमा महत्वपूर्ण मानिन्छ ।

      वाका राहा डापजोङ सिङ्ला लेक चिया बगान पवित्र बौद्ध गुम्बाहरुको दर्शन भ्रमणले यहाँको मौलिकता एवं सार्थकता पृष्टि गर्दछ । यहाँबाट मनास्लु गणेश लगायतका हिमश्रृङ्खलाहरुको आकर्षण दृश्यावलोकन गर्न गराउन सकिन्छ । करिब २१०० देखि २४०० मिटरको उचाइमा अवस्थित सेमजोङ प्राकृतिक भू-बनोटको आधारमा पनि रमणिय र दर्शनीय स्थल हो ।
- नविन बन्धु पहाडी (साहित्यकार) 2068-04-01

No comments:

Post a Comment