रुवीभ्याली Ruby Vally


रुवीभ्याली उत्तरी धादिङको एउटा गाउँपालिकाको नाम हो । बहुमुल्य रुवीढुङ्गा पाइने स्थान भएकाले साविकको लापा, सेर्तुङ











र तिप्लिङ गाविसलाइ समेटेर ‘रुवीभ्याली’ नाम राखेर गाउँपालिका बनाइएको हो ।


रुवीभ्यालीको सवैभन्दा आकर्षक ठाउँ हो ‘पाङसाङ पास’ । समुद्री सतहदेखि ३ हजार ८ सय ५० मिटर उचाइमा रहेको यो पाङसाङ पासबाट मनोरम हिमश्रृंखलाहरु, सुन्दर पहाडी प्राकृतिक छटाहरु अवलोकन गर्न सकिन्छ ।


१ वर्ष अघिसम्म यहाँ मोटरवाटो पुगेको थिएन । अहिले नुवाकोट, बेत्रावती, मैलुङ, स्याफ्रुवेशी, सोमदाङ (गणेश हिमालको फेदी) हुदै पाङसाङ पास सम्म सडकमार्ग मार्फत पुग्न सकिन्छ । पाङसाङ पास ब्यस्त शहरी भीडभाडबाट मन शान्त पार्नको लागि One Night Stay गर्नको लागि एकदमै उपयुक्त र रमणीय ठाउँ हो ।


सोमदाङमा सानो हिमाली बजार पनि रहेकाले पाङसाङ पास जानेले त्यहाँबाट सवैखाले खानेकुराहरु किनेर लैजान सकिन्छ । यहीबाट गणेश हिमालको फेदीमा रहेको जस्ता खानी जाने बाटो छुट्टिन्छ ।


पृथ्वी राजमार्गको गल्छी बजारबाट करिव एक सय किलोमिटर (बेत्रावती सम्म पक्की, त्यसपछि कच्ची) सडक यात्रा गरेपछि पाङसाङ पास पुग्न सकिन्छ । रसुवाको सदरमुकाम धुन्चे भएर जान्छु भन्नेहरुको लागि २५–३० किलोमिटर दुरी बढी पर्न जान्छ ।


अहिले त्यहाँ धेरै होमस्टेहरु नभएकाले बस्न खानको लागि केही समस्या हुन सक्छ तर आफ्नो लागि आवश्यक पर्ने लजिस्टिक सामानहरु टेन्ट-स्लिपिङ ब्याग लिएर जाँदा धेरै राम्रो । पाङसाङ पासमा अहिले तिप्लिङका निरज तामाङले होम स्टे चलाएका छन् । उनको सम्पर्क नम्वर ९८४०३१७४७५ हो । पाङसाङ पास घुम्न जान मन हुनेले उहाँसित सम्पर्क गरेर जाँदा राम्रो ।


मंसिर १५–२० बाट पाङसाङ पास वरपर हिउँ पर्न थाल्छ । पाङसाङ घुम्नको लागि सवैभन्दा उपयुक्त समय भनेको चैत-बैशाख महिनामा हो । यस बेला पाङसाङ क्षेत्रमा विभिन्न प्रजातिका फुलहरु र भेडीगोठ को सुगन्ध पनि थपिन्छ । हिउँमा हिड्न मन हुनेहरुको लागि माघको अन्तिम तिर जाँदा उपयुक्त हुन्छ । पौष माघमा निरन्तर हिउँ परिरहने हुनाले अलि समस्या हुन सक्छ ।


पाङसाङ पासबाट करिव २ देखि ३ घण्टाको पैदल यात्रा पछि अर्को भ्यु टावर पुग्न सकिन्छ जहाँबाट लाङटाङ हिमाल, गणेश हिमाल जस्ता हिमालहरुको मनोरम दृृश्य देख्न सकिन्छ ।


धादिङवेशीबाट पनि एक दिन गाडीमा र अर्को दिन पैदल यात्रा गरेर पाङसाङ पास पुग्न सकिन्छ । पाङसाङ पास हुँदै झरेपछि रुवीभ्याली गाउँपालिकाको गाउँ बस्तीहरुमा पुगिन्छ । जहाँ उत्तरी धादिङको ग्रामिण जीवनशैली, तामाङ सँस्कृति र परम्परा अवलोकन गर्न सकिन्छ ।


यहाँका प्रायजसो गाउँ बस्ती एकदमै बाक्लो रहेको छ । हरेक गाउँहरुमा १ सय देखि ६ सय ५० वटासम्म घरहरु रहेका छन् । हरेक गाउँहरुमा भर्खरै होमस्टेहरु सचालनमा आउन थालेका छन् । लापा, तिप्लिङ, सेर्तुङ, बोराङ, जस्ता गाउँहरु धेरै घरधुरी रहेको गाउँहरु हुन् ।


रुवीभ्यालीको बस्ती बस्तीमा घुम्न चाहनेहरुले ७ देखि ८ दिनको प्याकेज बनाएर पदैल यात्रा गर्दा धेरै उत्तम हुन्छ ।


Note : फोटोहरु पाङसाङ पास आसपासका क्षेत्रमा विभिन्न सिजनमा खिचिएका हुन । साथै रुवीभ्यालीको मानवबस्तीहरुका केही प्रतिनिधि तस्विर पनि छ । अहिले पोष्ट गरिएका धेरेजसो फोटोहरु सामाजिक संजालबाट संकलन गरिएका छन् । यस क्षेत्रको बारेमा हामीलाइ उपलब्ध भएसम्मका जानकारी तथा फोटोहरु आगामी दिनहरुमा पोष्ट गर्दै जानेछौँ ।

सेमजोङ नामाकरण


सेम + जोङ मिलेर सेमजोङ शब्द बनेको हो । तामाङ भाषामा सेम भनेको मन र जोङको अर्थ प्रफुल्लित, उच्चाकोटिको, निर्मल, कन्चन र शुद्ध भन्ने हुन्छ । त्यसैले सेमजोङको शाब्दिन अर्थ प्रफुल्लित मन , शुद्ध मन ( बिकार रहित, राग, द्रेश र मोह नभएको ) निर्मल, कन्चन र शुद्ध मन भएको भन्ने हुन्छ । यहाँको प्राक्रीत्तिक बनावट र शुद्ध पर्यावरणको कारण यो ठाउको नामाकरण सेमजोङ रहन गएको भन्ने किंवदन्ती छ ।



किर्पा क्लाङबा परिचय


नेपाल बहुजातिय बहुभाषिक र बहुसांस्कृतिक विविधता भएको देश हो । यहाँ विभिन्न अलग पहिचान भाषा धर्म संस्कृति तथा सामाजिक परम्परा बोकेका समाज जात जातिहरु रहेका छन् । धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सेमजोङ गा।वि।स।मा विशेष गरी तामाङ जातिको बाहुल्यता रहेको युगौदेखिको बाक्लो बस्ती रहेको छ ।

प्राकृतिक हिमश्रंखलाहरुको अवलोकन गर्न सकिने िसंङ्ल माने डाँडामा शान्तिको कामना गर्दै बौद्ध झण्डा लुङ्दार फहराईयो


भदौ १, सेमजोङ
नेपाल अिहंसावादि बौद्ध धर्म विश्व शान्ति चक्र संघ को स्थापना दिवसको उपलक्ष्यमा सेमजोङ गा.वि.स. डाँडाहरुमा करिब १०८ बौद्ध झण्डाहरु फहराईएको छ । नेपाल अिहंसावादि बौद्ध धर्म विश्व शान्ति चक्र संघले प्रत्येक भदौ १ गते आफ्नो स्थापना दिवस मनाउँदै आईरहेको छ । सेमजोङ १ गैरा बौद्ध गुम्बाका प्रमुख विर ब। लामाको नेतृत्वमा रहेको समुहले सेमजोङका पर्यटकिय स्थल वाका राहा ज्याम्पल दोर्जे डाँडा र प्राकृतिक हिमश्रंखलाहरुको अवलोकन गर्न सकिने िसंङ्ल माने डाँडामा शान्तिको कामना गर्दै बौद्ध झण्डा लुङ्दार फहराईएको सेमजोङ बाट लामा साईलाले जानकारी दिनुभयो ।

ईलाम भन्दा अझै सुन्दर र मनमोहक सुन्दर पहाडी बस्ती सेम्जोङ

               धादिङ जिल्लाको सदरमुकाम देखि उत्तरपूर्वमा पर्ने सेम्जोङ सुन्दर पहाडी बस्ती हो । जुन पूर्वको ईलाम भन्दा अझै सुन्दर र मनमोहक छ । यात्राका क्रममा सदरमुकामदेखि करिब ५ घण्टा पैदल र हिउँदमा कच्ची सडकवाट २ घण्टाको सफरवाट सेम्जोङ पुगिन्छ । प्रकृतिक सौन्दर्य मात्र होइन बौद्ध गुम्बाहरुको ध्यानकेन्द्र तथा परापूर्व कालका तामाङ वाइवाराजाहरुको दरवारको अवशेष पनि यँहाको अर्को आकर्षण हो । त्यसैले सेम्जोङ एतिहासिक भौलिक तथा धार्मिक पर्यटनको दृस्टिबाट पनि यसको गौरव गरिमा महत्वपूर्ण मानिन्छ ।

घरेलु तथा साना उद्योग धादिङ द्धारा प्रमाण पत्र प्रदान वितरण कार्यक्रम सम्पन्न




ब्रादि युवा समाज सेमजोङ - ८ धादिङको पहलमा संचालन गरिएको पोते माला तालिम प्रशिक्षणमा सहभागी महानुभावहरुलाई घरेलु तथा साना उद्योग धादिङ द्धारा प्रमाण पत्र प्रदान वितरण कार्यक्रम सम्पन्न भएको छ । ब्रादि युवा समाजका अध्यक्ष विकास तामाङको सभापतित्वमा

भेषभुषामा तामाङ जाती:

संसारमा जात नभएको देश र भेष नभएको जात कमै मात्र पाइला।
तर हाम्रो नेपालको आदिबासी जनजातीहरु मध्ये तामाङ जातिको सस्कृतिमा आफ्नो भेषभुषा तथा कला, भाषालाई सरकारी निकायको कुनै पनि पक्षबाट प्रोत्सहन नदिएको हुँदा आज हाम्रो सस्कृतिको परिचय दिने आफ्नोपनहरु दिनहु लोप हुँदै गैरहेको छन। तसर्थ.............